गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशलाई एक महिनाभित्रै साक्षर प्रदेश घोषणा गर्ने बताएका छन् ।
बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए ।
सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने उनले बताए ।रासस