प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन हुने भएको छ । कार्यतालिका परिवर्तन भएपनि पालिका स्तरकाे अधिवेशन पूर्व निर्धारित मिति असोज ९ गते नै गर्ने भएको छ।
वडा अधिवेशन सकिएका जिल्लाहरूमा कांग्रेसले असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय गरेकाे हो।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘वडा अधिवेशन सकिएका ठाउँमा असोज ९ मा पालिका अधिवेशन हुन्छ,’ शर्माले भने, ‘अन्य तहको अधिवेशन निर्वाचन समितिले आवश्यकताअनुसार टुंगो गर्छ।’
त्यस्तै असोज ९ गतेपछि प्रकाशित अधिवेशन कार्यतालिका सम्बन्धमा केही जिल्लाहरूमा क्रियाशिल सदस्यहरूको टुंगो लागाउनु पर्ने भएकोले केन्द्रीय निर्वाचन सिमितिले आवश्यकता अनुसार टुङ्याउदै लैजाने निर्णय भएको प्रवक्ता शर्माले बताए ।
कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज अपरान्ह संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो।