• बिहिबार, साउन १४ २०८३

भोलि एकीकृत समाजवादीले महासचिव टुंगो लगाउने


बुधबार, असोज ६ २०७८
995
Shares


काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिनेछ ।

बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता खतिवडाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार