• बुधबार, असोज ७ २०८३

परराष्ट्र मन्त्रीमा नारायण खड्का नियुक्त


बुधबार, असोज ६ २०७८
720
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेका छन्।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

खड्काको आजै सपथग्रहण गर्ने कार्यक्रम छ। उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जितेका खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए।

उनले अर्थशास्त्रमा पिएचडी गरेका छन्। उनी पूर्वसहरी विकास मन्त्रीसमेत हुन्। आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार