• बिहिबार, साउन १४ २०८३

माइतीघर मण्डलमा आज पनि बूढीगण्डकी प्रभावितको धर्ना


मंगलबार, असोज ५ २०७८
565
Shares


बूढीगण्डकी प्रभावितहरूले मुआब्जा वितरण, पुनर्स्थापनालगायत माग राख्दै माइतीघर मण्डलमा आज पनि धर्ना दिएका छन्।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिले सोमबारदेखि धर्ना थालेका हुन्।

सोमबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई धर्नास्थल पुगेर आयोजना निर्माण गर्न र प्रभावितका माग पूरा गर्न सरकारलाई आग्रह गरेका थिए।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कमला पन्त पनि आज धर्नास्थल पुगेकी थिइन्। उनले आयोजना निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने र प्रभावितका माग सुनुवाइ गर्नुपर्नेमा जोड दिइन्।

आयोजना अगाडि बढाउन माग गर्दै प्रभावितहरूले दवावमुलक धर्ना दिइरहेका छन्। एक हजार दुई सय मेगावाट क्षमताको बन्ने भनिएको आयोजना निर्माण नै सुरू गरिएको छैन।

आयोजना बन्दा गोरखा र धादिङका विभिन्न २७ गाउँ प्रभावित हुनेछ।

प्रभावितहरूले स्थानीय ठाउँमै पुनर्स्थापना हुनुपर्ने माग गरिरहेका छन्। आयोजना बन्दा डुबानमा पर्ने गोरखा र धादिङतर्फका अधिकांश जग्गाधनीलाई मुआब्जासमेत दिइसकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार