• बिहिबार, साउन १४ २०८३

संविधान दिवसमा गोरखामा नेविसंघकाे दीपप्रज्वलन


सोमबार, असोज ४ २०७८
540
Shares

गोरखा । संविधान दिवसको अवसरमा आईतवार नेपाल विद्यार्थी संघ गोरखाले सदरमुकामको बसपार्कमा दीपप्रज्वलन गरेको छ ।

नेपालको संविधान २०७२ जारी भएको छ वर्ष पूरा भई सातौँवर्ष सुरु भएको अवसरमा नेविसंघका नेता स्वर्गीय श्यामसुन्दर श्रेष्ठको शालिकमा दीप प्रज्वलन गरिएको उपाध्यक्ष शिवहरी तिमिल्सिनाले बताए ।

नेविसंघका अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा तरुण दल गोरखाका अध्यक्ष आनन्द गुरुङ लगायत नेविसंघका पदाधिकारी साथै नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार