• बिहिबार, साउन १४ २०८३

संविधान दिवशमा राष्ट्रपतिबाट गोरखाका ५ जना बिभिन्न पदकबाट विभूषित


आइतबार, असोज ३ २०७८
1.4K
Shares

गोरखा । संविधान दिवसमा यसबर्ष गोरखाका पाँचजनालाई विभिन्न विभूषण, मानपद्वी तथा पदक प्रदान गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाका तीनजना राजनीतिकर्मीलाई मरणोपरान्त र दुईजनालाई पदक तथा मानपद्वी प्रदान गरेकी हुन् ।

जसमा मरणोपरान्त पदक प्राप्त गर्नेमा सुरेश वाग्ले, कमला भट्ट र दलसिँह कामी रहेका छन् । राष्ट्रपतिले वाग्लेलाई प्रसिद्ध प्रवल जनसेवाश्रीले, भट्ट र कामीलाई प्रवल जनसेवाश्री पदकले विभूषित गरेकी छन् ।

यसैगरी शिक्षाविद मेदिनीबहादुर लामिछाने प्रवल जनसेवाश्री पदकले विभूषित भएका छन् भने मोहनलाल श्रेष्ठलाई जनसेवा श्री पदकद्वारा विभूषित गरिएकाे छ ।

मरणोपरान्त विभूषित वाग्ले र भट्ट माओवादी जनयुद्ध कालमा नेपाली सेनाको कारबाहीबाट सहादत प्राप्त गरेका माओवादी नेता थिए भने कामी पूर्व राष्ट्रिय सभाका सदस्य रहेका कांग्रेसका नेता हुन ।

पदक प्राप्त गर्ने श्रेष्ठ गोरखा नगरपालिका ६ पाटेचाैरका समाजसेवी हुन् भने लामिछाने भीमसेनथापा गाउँपालिका ३ का शिक्षासेवी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार