गोरखा । गोरखा सुन चाँदी ब्यवसायी संघकाे तेस्राे अधिवेशन सम्पन्न भएकाे छ । शनिबार सुरु भएकाे अधिवेशनले टेक बहादुर विककाे नेतृत्वमा १९ सदस्यिय कार्यसमिती चयन गरेकाे छ ।
अधिवेशनबाट संघकाे बरिष्ठ उपाध्यक्षमा रूविन वरायली, प्रथम उपाध्यक्षमा पराजु वरायली, उपाध्यक्षमा तिलक (विक्रम सुनार) चयन भएका छन् । त्यस्तै महासचिवमा दयाराम सुनार, कोषाध्यक्षमा नारायण सुनार, सचिवमा तारा सुनार,सहकोषाध्यक्षमा राजेश गौतम सर्वसम्मत चयन भएकाे संघले जनाएकाे छ । यसैगरी सदस्यहररूमा कमल सुनार, अर्जुन सुनार, सुदिप गौतम, दिनेश वावु सुनार, दिनेश बि क, साजन ढुङ्गाना, बाशु भट्ट, असोक सुनार, गोकर्ण सुनार, दिपेश घिमिरे चयन भएकाे बताइएकाे छ ।
संघका निवर्तमान कार्यसमितिका अध्यक्ष पर्वबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल सुनचाँदी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, विशिष्ट अतिथि महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार सुनार, अर्का विशिष्ट अतिथि संघका गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।