• बिहिबार, साउन १४ २०८३

अखिल (क्रान्तिकारी) गाेरखाकाे अध्यक्षमा पाण्डे


शनिबार, असोज २ २०७८
770
Shares

गाेरखा । नेकपा (माओवादी केन्द्र) निकट विधार्थी संगठनअखिल (क्रान्तिकारी) गाेरखा जिल्लाकाे अध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् । शुक्रबार भएकाे संगठनको २० औं जिल्ला सम्मेलनबाट पाण्डे अध्यक्षमा चयन भएका हुन।

संगठनकाे उपाध्यक्षमा रमा श्रेष्ठ , सन्दिप सुनार , मिलन सुनार निर्वाचित भएकाे अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आर.के भट्टले जानकारी दिए । त्यस्तै सचिवमा सुलभ अँगाई, काेषाध्यक्षमा सुस्मिता दवाडी र सह-सचिवमा अनिष अर्याल र सुवर्ण देवकोटा भएका छन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संयाेजक हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा भएकाे सम्मेलन कार्यक्रम बाट ७५ जनाकाे कमिटी गठन गरिएकाे बताइएकाे छ ।

कार्यक्रममा विषेश अतिथि संगठनका केन्द्रीय सचिव तथा प्रदेश नं ४ का संयाेजक क्षितिज सापकोटा, पार्टी जिल्ला ईन्चार्ज कृष्ण धिताल, गाेरखा जिल्ला अध्यक्ष लेख वहादुर थापा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह-संयाेजक राजन आले मगर लगायत पार्टी र विधार्थी केन्द्रीय तथा जिल्ला तहका नेता कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार