• बिहिबार, साउन १४ २०८३

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई


शुक्रबार, असोज १ २०७८
660
Shares


पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी खोलेका नेपाल एमालेमै फर्किने उनको जिकिर छ ।

प्रेस चौतारी नेपाल कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौं तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।’

उनले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वास समेत व्यक्त गरे ।

एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि उनले बताए ।

यस्तै गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयकले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउने देखिएकाले आफू यसको विपक्षमा उभिने भट्टराईले बताए ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार