गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोरखाको अध्यक्षमा सुदीप ढकाल निर्वाचित भएका छन् ।

मंगलवार गोरखा सदरमुकाम स्थित निर्माण ब्यवशायीको हलमा भएको अधिवेशनमा ८२ मत खसेको मध्ये ढकालले ६७ मत पाएर बिजयी बनेका हुन् ।
उनी सँग रामराज कोईराला, भगवानदास मल्ल, अम्बिका रुपाखेती, रामबाबु अर्याल पराजित भएका हुन्।
जिल्लाको निर्वाचनमा एक सय ५७ मतदाता छन् । ८२ बाहेकका अन्य भने उपस्थित भएनन् ।
मंगलवारको अधिवेशनले ३१ सदस्यिय जिल्ला कमिटि चयन गरेको छ।
निर्वाचित सदस्यबाट मनोनित गरेर जिल्ला कार्यसमितिलाई छिट्टै पूर्णता दिने अध्यक्षमा ढकालले बताए ।
