गोरखा । नेकपा एमालेका केन्द्रिय कमिटीका सचिव पृथ्वी सुब्बा गुरुङ्गले माधव नेपाल देशी-विदेशी शक्तीकाे गाेटी बनेकाे आराेप लगाएका छन् । साेमबार गोरखामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा उनले यस्ताे आराेप लगाएका हुन ।
एमाले पार्टी ‘महासागर’ रहेकाे उल्लेख गर्दै उने माधव नेपालहरु निस्कदा पार्टीलाई कुनै फरक नपर्ने समेत बताएका छन् । ‘महासागरबाट ५ लाेटा पानी निकाल्नुकाे के अर्थ ?’ नेपालप्रति संकेत गर्दै उनले थपे ‘देशीविदेशीकाे गाेटी बनेर पार्टीलाई तहसनहस बनाउन खाेज्नेहरु पार्टीमा नरहेकै जाती ।’
कार्यक्रममा बाेल्दै उनले नेकपा माओबादीका नेताहरु सबैभन्दा अयाेग्य रहेकाे दावी गरे । २०६४ सालकाे निर्वाचनमा २४० मध्ये १२० सिट जित्दा समेत संविधान निर्माण हुन नसक्नुले माओवादी नेताकाे याेग्यता स्पष्ट भएकाे उनकाे तर्क छ ।
कार्यक्रममा एमाले नेता किरण गुरुङले अध्यक्ष केपी ओलीकाे लाेकप्रियताका कारण अरु नेताले डाहा गरेर सरकार ढालेकाे आराेप लगाए ।
पार्टीका जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएकाे कार्यक्रममा पाेलिटब्यूराे सदस्य जगत बिश्वकर्मा, केन्द्रिय सदस्य खगराज अधिकारी, रामशरण बस्नेत लगायतले बाेलेका थिए ।
साथै एमालेले गोरखाका सबै पालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । गोरखा नगरपालिका र धार्चे गाउँपालिका २ गते, पालुङटार नगरपालिकामा ३ गते, भिमसेन थापा गाउँपालिकामा ४ गते, गण्डकी गाउँपालिकामा ७ गते, आरुघाट गाउँपालिकामा ५ गते, अजिरकोट गाउँपालिकामा ९ र सिरानचोक गाउँपालिकामा १० गते भेला र बैठक गर्ने निर्णय भएको जिल्ला सचिव कृष्ण नेपालीले बताए ।
चुमनुब्री र बारपाक सुलिकोट गाउँपालिकाको भने मिति तय हुन बाँकी छ । उक्त भेलाले पालिकास्तरको कमिटिलाई पूर्णता दिनुका साथै वडाको भेला प्रशिक्षण तय गर्नेछ । कात्तिकको ६ र ९ गते वडा र गाउँ अधिवेशन रहेकाले पूर्ण तयारीका लागि पनि पालिका स्तरको बैठकले योजना बनाउने सचिव नेपालीले बताए ।