• बिहिबार, असोज ८ २०८३

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् १६ वर्षीया किशोरी


मंगलबार, भाद्र २९ २०७८
725
Shares


मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरी अध्यक्ष बनेकी छन्।

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालिकालाई बाल दिवसको दिन जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

मंगलबार गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले ऋषिदेवलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार