गोरखा । एमसिसी नेपालकाे हितमा रहेकाे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् । साेमबार गोरखामा पत्रकार सम्मेलन गर्दै डा भट्टराईले एमसिसी बिशुद्ध बिदेशी प्राेजेक्ट भएकाले राष्ट्रिय सहमती गरेर तत्काल पास गर्नुपर्ने बताएका हुन ।
‘एमसिसी विदेशी अनुदान सहयाेग मात्रै हाे, यस्ता सम्झाैता अन्य देशसंगपनि हुन्छन्, यसमा अनावश्यक गिजाेलियाे’ उनले भने ‘यसलाई संसदले तत्काल अनुमाेदन गर्न आवस्यक छ’
एमसिसीमा आन्तरिक राजनीतिक बाछिटा समेत परेकाे बताउदै भट्टराईले पूराना कम्युनिष्ट पार्टीका नेताकाे धङधङीका कारण यसबारे तल्लाेस्तरसम्म भ्रम सृजना भएकाे समेत उनकाे भनाई छ ।
राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने उनकाे दावी छ ।
एमसिसी त्रिपक्षीय देशकाे चासोको विषय बनेको बताउँदै उनले बिदेशी ठुला राष्ट्रलाई अनावश्यक ढंगले बिच्क्याउँदा उसले पनि प्रतिशोध साँध्न सक्ने आशंका गरे।
पछिल्लो समय प्राविधिक कारणले सरकारले पूर्णता पाउन नसकेको बताउँदै उनले सरकारको विश्वसनियता माथि प्रश्न उठेकाले छिटो भन्दा छिटो सरकार गठन हुने दावी गरे।
संसदिय प्रकृया पूरा गर्दा सरकार गठनमा ढिलाई भएकाे समेत उनकाे भनाई छ । डा भट्टराईले याे गठबन्धन तत्काल नभत्किने समेत दावी गरे ।
भट्टराई साेमबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि गोरखा आएका हुन ।