• बिहिबार, साउन १४ २०८३

गोरखामा एमसिसीकाे बिराेधमा माेटरसाइकल र्याली


आइतबार, भाद्र २७ २०७८
745
Shares

गोरखा । संसदबाट पास गर्ने प्रक्रियामा रहेको एमसिसीको बिरोधमा गोरखामा शनिबार साँझ बिरोध र्याली प्रदर्शन गरिएको छ ।

‘नाे एमसिसी, गाे ब्याक’ नारा लगाउदै गोरखाका युवाले माेटरसाइकल र्याली गरेका हुन ।

सचेत नागरिक समाज छेपेटारको ब्यानरमा छेपेटारदेखि गोरखा सदरमुकाम बजारसम्म मोटरसाइकल ¥याली गरिएको हो । र्यालीमा सहभागीले नो एमसिसी, रिजेक्ट एमसिसी, गो ब्याक एमसिसी लेखिएका टिसर्ट लगाएका थिए ।

करिब ५० मोटरसाइकलमा ६० जनाभन्दा बढि युवाहरुले विरोध प्रदर्शन गरेका थिए ।

पहिलो चरणमा विरोध र्यालीमार्फत एमसिसीको बिरोध गरिएको र पछिल्लो चरणमा थप बिरोधका कार्यक्रम गरिने र्यालीमा सहभागी रमेश विष्टले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार