झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज शनिबार बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ ।
उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।