गोरखा । धार्चे गाउँपालिका वडा नं. १ हुल्चुकमा नेपाली काङ्ग्रेसको युवा संगठन तरुण दल गठन गरिएको छ । सन्देश गुरुङको सभापतित्वमा २५ सदस्यीय दल गठन गरिएको हो ।

दलको उपसभापतिमा लुके गुरुङ र सिङबहादुर गुरुङ, सचिवमा किसान गुरुङ र आइत गुरुङ, सहसचिवमा सुरेन्द्र गुरुङ र सिता गुरुङ, कोषाध्यक्षमा कान्छी गुरुङ चयन भएका छन् ।
नेपाली काङ्ग्रेस तरुण दल जिल्ला सदस्य र धार्चे संयोजक पुष्कर गुरुङको अध्यक्षता तथा वडा सभापति प्रकाश घलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
