काठमाण्डाै । नेपाल मुस्लिम संघले कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मुस्लिम महाधिवेसन प्रतिनिधिको सुनिश्चिता लगायतको माग राखी संघले धर्ना दिएको हो ।
मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारको नेतृत्वमा भएकाे धर्ना कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुर, महासचिव मुख्तार अहमद लगायत केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेकाे थियाे ।
नेपाली कांग्रेसको १४ औं महाधिवशेनको मिति नजिकिदै गदौ पार्टीको भातृसंस्था नेपाल मुस्लिम संघले पार्टी मुख्यालय सानेपामा धर्ना दिएको हाे।
पार्टीको बिधानले पूर्ण समावेशी समानुपातिक प्रतिनिधित्वको व्यबस्था गरेको भए पनि निर्वाचन निर्देशिकाले जनसंख्याको आधार देखाएर मुस्लिम सुमदाय लगायतका अन्य समुदायको प्रतिनिधित्व कटाएकोप्रति आपत्ति जनाउँदै संघले धर्ना दिएको हो।
समाबेशिताको पक्षपाती कांग्रेसले बिगतको व्यबस्था भन्दा अगाडि बढेर काम गर्नु पर्नेमा उल्टो प्रतिनिधित्व घटाउने निर्वाचन निर्देशिका सच्याउनु पर्नेमा संघका अध्यक्ष सत्तारले जोड दिए। यसबाट एउटा समुदायलाई पाखा लगाउन खोजिएको सत्तारको आरोप छ।
संघले साे बिषयमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र समेत बुझाएकाे जनाएकाे छ ।