• बिहिबार, साउन १४ २०८३

देउवाका छोरा जयवीरसिंहले लिए काँग्रेसको सदस्यता


बुधबार, भाद्र २३ २०७८
1.5K
Shares


प्रधानमन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् ।

२६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् ।

काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एक सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह देउवा पनि परेको बताए ।

बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका उनले काँग्रेसको क्रियाशिल सदस्यता लिनुलाई चासोका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार