• बिहिबार, साउन १४ २०८३

गोरखामा एमालेका तीन जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी


बुधबार, भाद्र २३ २०७८
800
Shares


गोरखा । गोरखामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित तीन जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

आरुघाट गाउँपालिका —५ का अध्यक्ष नारायणध्वज खड्का, वडा नम्बर ३ का अध्यक्ष शिरबल बराम र गोरखा नगरपालिका वडा नम्बर ८ कि सदस्य कल्पना नेपालीले एकीकृत समाजवादी रोजेका हुन् ।

उनीहरुले मंगलवार जिल्ला निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

एमाले विभाजित भएपछि जनप्रतिनिधिलाई मंगलबार साँझसम्म दल रोज्ने समय दिइएको थियो । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट १४ वडाध्यक्ष र ४८ सदस्य गरी कुल ६२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार