गोरखा । धार्चेको लापुमा नेपाल तरुण दल गठन भएको छ । धार्चे गाउँपालिका ७ को लापुमा राजु गुरुङको अध्यक्षतामा नेपाल तरुण दलको वडा कमिटि गठन भएको हो ।
नेपाल तरुण दलका जिल्ला सदस्य एवं धार्चे गाउँपालिकाका संयोजक पुष्कर गुरुङको अध्यक्षतामा मंगलबार भएको युवाहरुको भेलाले राजु गुरुङको अध्यक्षतामा ३५ सदस्यिय समिति गठन गरेको हो । भेलामा क्षेत्रिय सदस्य गणेश गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा रहेको तरुण दलको लापु उपसभापतिमा छम बहादुर गुरुङ र जेनिश गुरुङ चयन भएका छन् । त्यस्तै सचिवमा बुधबहादुर गुरुङ, युनिक गुरुङ, सहसचिवमा माइते गुरुङ, दिनेश गुरुङ र कोषाध्यक्ष आम बहादुर गुरुङ चयन भएको बताइएको छ ।
कार्यक्रममा अन्यपार्टी परित्याग गरी नेपाली काँग्रेसमा १० जना युवा प्रवेश समेत गरेका छन् । कार्यक्रममा काँग्रेसका धार्चे सभापति सन्तविर गुरुङ, नेविसंघ जिल्ला सदस्य रोजन गुरुङ, वडा उपसभापति दल बहादुर गुरुङ लगायतले बोलेका थिए ।