PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ ।
कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो ।
सार्वजनिक भएको क्रियाशील सदस्यतालाई लिएर जिल्लामा विवाद भएपछि मंगलबार निर्वाचन अधिकृत र कांग्रेस जिल्ला कार्यसमितिबीच छलफल भएको हो ।
छलफलपछि निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले २५ भदौका लागि वडा अविधेशन तोकिएको बताए ।