• बिहिबार, साउन १४ २०८३

कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भरः मुख्यमन्त्री पोखरेल


मंगलबार, भाद्र २२ २०७८
1.1K
Shares


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाहलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् ।

मंगलबार मुख्यमन्त्री पोखरेल १८ औं निजामती सेवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दैै स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर गर्ने बताएका हुन् ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ नाराका साथ मनाउन लागिएको यस वर्षको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती सेवाका राष्ट्रसेवक कर्मचारीलाई मुख्यमन्त्री पोखरेलले शुभकामना व्यक्त गरेका छन् ।

निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउनका लागि कर्मचारीहरू ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिवद्ध हुन आवश्यक रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयनमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार