• बिहिबार, साउन १४ २०८३

गण्डकी प्रदेशसभामा एमाले विभाजनको असर शून्य


सोमबार, भाद्र २१ २०७८
670
Shares


नेकपा एमाले विभाजन भएसँगै ६ वटा प्रदेशसभामा धेरथोर एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । तर गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर अहिलेसम्म देखिएको छैन ।

एमाले विभाजनपछि प्रदेश २ का १३ एमाले सांसद र सुदूरपश्चिम प्रदेशका १३ र बागमती प्रदेशका १३ एमाले सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

यस्तै, प्रदेश १ का १० सांसद, कर्णालीका ३ र लुम्बिनी प्रदेशका एक एमाले प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।

गण्डकी प्रदेशको प्रदेशसभामा भने एमाले विभाजनको असर देखिएको छैन । गण्डकी प्रदेशमा एमालेका २७ मध्ये सबै सांसद एमालेमै रहने देखिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार