• बिहिबार, साउन १४ २०८३

नेकपा माओवादी केन्द्रले चुन्यो स्थानीय तहमा नेतृत्व, को कुन पदमा ?


आइतबार, भाद्र २० २०७८
740
Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले स्थानीय तहमा नेतृत्व चयन गरेको छ । शुक्रबार बसेको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तहको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी निर्धारण गरेकोे हो ।

जसमा गोरखा नगरपालिका इन्चार्जमा कमला नहर्की, अध्यक्षमा कृष्ण राना र सचिवमा गोर्बदन श्रेष्ठले नै जिम्मेवारी पाएका छन् । सह इन्चार्ज धना तमु, राजकुमार कोईराला, डिलबहादुर सेन्चुरीलाई तोकिएको छ ।

पालुङटार नगरपालिकाको इन्चार्जमा खोपबहादुर कंडेल, अध्यक्षमा बिवस चिन्तन, सचिवमा रामचन्द्र सेढाई चयन भएका छन् । शहीद लखन गाउँपालिकाको अध्यक्ष कृष्ण चेपाङ, सचिवमा धु्रब खनाललाई जिम्मेवारी दिइएको छ । त्यहाँ इन्चार्ज भने तोक्न बाँकी रहेको माओवादी केन्द्र गोरखाले जानकारी दिएको छ ।

यसैगरी बारपाक सुलिकोट गाउँपालिको इन्चार्ज विष्णु भट्ट, सह इन्चार्ज भगवती तिवारी, अध्यक्षमा नरबहादुर गुरुङ, सचिवमा सनमायाँ गुरुङ चयन भएकी छिन् । सिरानचोक गाउँपालिका इन्चार्जमा नवराज पुडासैनी, सहइन्चार्जमा पुर्णकुमारी कंडेल र सचिव सित्तल पोखरेल चयन भएका छन् । आरुघाट गाउँपालिकको इन्र्चाजमा ऋषि खनाल, अध्यक्षमा श्यामकुमार श्रेष्ठ र सचिव बिष्णु खड्काले जिम्ेवारी पाएका छन् ।

यसैगरी गण्डकी गाउँपालिकाको इन्चार्ज दिपक तिमिल्सीना, अध्यक्षमा सिताराम रसाईली र सचिवमा जीवन गुरुङ चयन भएका छन् ।त्यस्तै अजिरकोट गाउँपालिका इन्र्चाजमा दिपक देवकोटा, अध्यक्षमा सनिल परियार र सचिवमा अनिता भुजेलले जिम्मेवारी पाएका छन् । भीमसेन थापा गाउँपालिकाको इन्चार्जमा लोकप्रसाद बञ्जरा, अध्यक्षमा सुजन पाण्डे र सचिव मदन शाक्य चयन भएका छन् ।

धार्चे गाउँपालिकाको इन्चार्जमा छमबहादुर गुरुङ, अध्यक्षमा लक्ष्मण गुरुङ र सचिवमा सुर्य गुरुङलाई जिम्मेवारी दिइएको छ । चुमनुब्री गाउँपालिकाको इन्चार्जमा निमा लामा, अध्यक्ष कुमारी गुरुङ र सचिवमा बलबहादुर गुरुङ चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार