गोरखा । नेकपा एकिकृत समाजवादीले गोरखामा ३४ सदस्यिय सचिवालय सदस्य र एक सय २१ सदस्यिय जिल्ला कमिटि गठन गरेको जनाएको छ ।
जसमा जिल्ला अध्यक्षमा यादब बस्नेत, उपाध्यक्ष टेकराज भट्ट, सचिव सानुमाया बस्नेत, उप सचिव नारायणध्वज खड्का रहेका छन् ।
यस्तै सचिवालय सदस्यहरु कृष्णमान श्रेष्ठ, द्रोणचार्य तिमल्सिना, अमृत काराखेती, सिराताम बुढाथोकी, कल्पना कुँवर, प्रदिप क्षेत्री, आर नेपाली, इश्वरी भट्ट, उदय सिंम्खडा, पदम राना, दलबहादुर भट्ट, रामबहादुर रम्तेल, सुबाश देबकोटा, उत्तम पन्त, भिम बोगटी, तिलक बानियाँ, चित्रबहादुर केसी, सुरेश अम्गाई, सुनिल लामिछाने, कबिता अर्याल, भोला श्रेष्ठ, रम्जदीन मियाँ, प्रेमराज कट्टेल, टंक सारु, साने गुरुङ, कपिल घले, पार्वती थापा मगर, कल्पना नेपाली, कमल बोगटी, रेखा लोप्चन, सुष्मा कट्टेल लगायत रहेका छन् ।
यसैगरी नेकपा एकिकृत समाजवादीले गोरखा नगरपालिका ८ प्रतिक्षालय चोकमा कार्यालय संचालनमा ल्याएको छ । यस अघि नेकपा एमालेको माधव नेपाल पक्षधरका नेताले जिल्लामा समानान्तर कमिटि बनाई कार्यालय संचालन गरेका थिए ।
सोही कार्यालयलाई नेकपा एकिकृत समाजवादीको कार्यालयमा रुपान्तरण गरिएको जिल्ला अध्यक्ष बस्नेतले बताए ।