गोरखा । लाप्राकमा नेपाल तरुण दल गठन भएकाे छ । धार्चे गाउँपालिका ४ लाप्रकमा नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलकाे वडा कमिटि गठन भएकाे हाे ।
तरुण दल गोरखाका जिल्ला सदस्य एवं धार्चे गाउँपालिका संयोजक पुष्कर गुरुङको अध्यक्षता र कांग्रेस जिल्ला सदस्य एवं धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको प्रमुख आथित्यतामा तरुण दल गठन गरिएको हो ।
जसकाे सभापतिमा मिनबहादुर गुरुङ, उपसभापति उत्तम गुरुङ, सचिव बुद्ध गुरुङ, सह सचिव गोपाल गुरुङ, कोषाध्यक्ष सुजन गुरुङ रहेका छन् ।
यस्तै आमबहादुर गुरुङ, आरबहादुर गुरुङ, समृत गुरुङ, दुलाल गुरुङ, सन्दिप गुरुङ, बिसबहादुर गुरुङ, जितबहादुर गुरुङ, सुजल गुरुङ, रसबहादुर गुरुङ चयन भएका छन् ।
शुक्रवार एक कार्यक्रमका बिच निर्बिरोध समिति चयन गरिएको गाउँपालिका संयोजक पुष्कर गुरुङले बताए । अब सबै वडामा तरुण दल गठन गर्ने उनले बताए ।