• बिहिबार, साउन १४ २०८३

वडा अधिवेशनमा आरक्षण काेटा हटाइएकाे प्रति मुस्लिम संघ गण्डकी प्रदेशकाे आपत्ती


बिहिबार, भाद्र १७ २०७८
795
Shares

पाेखरा । आसन्न नेपाली काँग्रेसकाे वडा अधिवेशनमा आरक्षण काेटा हटाइएकाे प्रति नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिले आपत्ती जनाएकाे छ ।

अधिवेशनकाे मुखमा नेपाली कांग्रेसको बिधान तथा नियमावलीले गरेको ब्यवस्था विपरीत आरक्षण हटाइनु सुनियाेजित भएकाे भन्दै संघकाे प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।

प्रदेश समितिका अध्यक्ष हाजी शाह माेहम्मदले सिभिलखबरसंगकाे कुराकानीमा भनेका छन् ‘अझैपनि मुस्लिम लगायतका जाती र समुदायलाई पछाडी पार्ने षड्यन्त्र भइरहेकाे छ, बिधान र नियमावलीले गरेकाे ब्यवस्था नै अन्तिम समयमा कटाैती हुनुले गम्भिर प्रश्न उब्जिएकाे छ, यसमा हाम्राे असहमती छ ।’

साथै उनले मुस्लिम लगायत पछाडी पारिएका समुदायलाई पार्टीकाे बिभिन्न संरचनामा जानबाट राेक्न वडामै यस्ताे ब्यवस्था गरिएकाे आराेप समेत लगाए ।

सु्तै संघले वडा अधिवेशनमा आरक्षण काेटा हटाइएकाे विराेधमा आज बिहिबार गण्डकी प्रदेशभरका जिल्ला पार्टी कार्यालय घेराउ गरी विराेधमा उत्रन समेत अध्यक्ष माेहम्मदले आह्वान गरेका छन् ।

काँग्रेसकाे भाेली शुक्रबार देशभरका वडाहरुमा एकैसाथ अधिवेशन हुदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार