पोखरा । जनआान्दाेलन तथा माओवादी सशस्त्र विद्रोहका शहीद परिवार, घाइते, अपाङ्गलगायतकाे सामान्य उपचार गण्डकी प्रदेश सरकारले निःशुल्क गर्ने भएको छ ।
गण्डकी सरकारकाे मन्त्रिपरिषद बैठकले जनआन्दोलन र माओवादी सशस्त्र विद्रोहका क्रममा घाइते, अपाङ्ग, बेपत्ता तथा तिनका परिवारको सामान्य उपचार प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
उनीहरुको परिचयपत्रको आधारमा सामान्य उपचार निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको बताइएकाे छ ।