• शुक्रबार, असोज ९ २०८३

कांग्रेस सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दिने


बुधबार, भाद्र १६ २०७८
820
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बुधबार उम्मेदवारी घोषणा गर्दै गुरुङले पार्टीमा नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने आम मानिसको माग रहेको भन्दै आफूले ८० प्रतिशत युवा क्रियाशील सदस्यको प्रतिनिधित्व गर्ने दाबी गरेका छन । कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।

उनले ३० वर्षदेखि पार्टी र देशको नेतृत्व उही पुस्ताले गरिरहेको भन्दै शासन व्यवस्थामा परिवर्तन आएपनि नेतृत्वको सोचमा परिवर्तन नआएको बताए। उनले आफू सभापति भएपछि गर्ने कामबारे पनि स्पष्ट पारेका छन्।

स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुख र ५० प्रतिशत महिला उपप्रमुख हुने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार