• बिहिबार, साउन १४ २०८३

पृथ्वीनारायण शाहलाई मार्गदर्शक मान्दै जन्मियो नयाँ पार्टी, नेतामा पत्रकारदेखि कलाकारसम्म


बुधबार, भाद्र १६ २०७८
1.6K
Shares

काठमाडौं । राजसंस्था र हिन्दू राज्यप्रति झुकाव राख्ने नयाँ राजनीतिक संगठनको जन्म भएको छ । ‘एकीकृत शक्ति नेपाल’ नामाकरण गरिएको उक्त मोर्चाको श्रीकृष्ण जन्माष्टमीको दिन पारेर आइतबार राजधानीमा घोषणा गरिएकाे हाे ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको अध्यक्षतामा गठित मोर्चा गठनमा अभिनेता निखिल उप्रेतिको विशेष भूमिका छ । मोर्चाको उपाध्यक्षमा प्राडा रामप्रसाद उप्रेति रहेका छन् भने महासचिवमा विपी तिमल्सिना छन् । अभिनेता उप्रेति भने कुनै पदमा छैनन् ।

यद्यपि, संगठन निर्माणमा उनले सक्रिय पहलकदमी लिएका थिए । त्यस्तै पार्टीमा मनिषा काेइराला समेत रहेकाे बताइएकाे छ । तर उनि भने घाेषणा कार्यक्रममा सहभागी थिइनन् ।

घोषणासभामा अभिनेता उप्रेतिले नै मोर्चाको घोषणापत्र पढेर सुनाएका थिए । उक्त घोषणापत्रअनुसार यस पार्टीले नेपालको एकीकरणकर्ता बडामहाराज पृथ्वीनारायण शाहका विचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने छ । साथै, यसले नेपालमा हिन्दू राष्ट्र पुन:स्थापना गर्नुपर्ने र प्रदेशहरु खारेज गर्नुपर्ने एजेन्डा पनि बोकेको छ । राजतन्त्र वा गणतन्त्र भन्नेमा मौन रहेको घोषणापत्रले गैरजातिवादी अवधारणाको कार्यान्वयनमा घोषणापत्रले जोड दिएको छ ।

पृथ्वीनारायण शाहको विचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा अबलम्बन गरिने घोषणापत्रमा उल्लेख छ । मोर्चाले नेपालका एतिहासिक व्यक्तित्वका रुपमा राम शाह, महेन्द्र मल्ल, कालु पाण्डे, बहादुर शाह, राजेन्द्रलक्ष्मी शाह, महेन्द्र वीरविक्रम शाह, विसे नगर्ची, जंगबहादुर राणा, भक्ति थापा, बलभद्र कुँवर, संखधर साख्वा, भृकुटी, अरनिको, भिमसेन थापा, जयपृथ्वीबहादु्र सिंह, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण समलगायतलाई सुचीकरण गरेको छ । यस्तै, वीपी कोइराला, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई प्रेरक व्यक्तित्वका रुपमा स्वीकार गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार