• बिहिबार, साउन १४ २०८३

जेसिजकाे राष्ट्रिय अध्यक्षमा अञ्जन खत्रीलाई उम्मेदवार बनाउने तयारी


मंगलबार, भाद्र १५ २०७८
1.3K
Shares

गोरखा । नेपाल जेसिजकाे अध्यक्षमा गोरखा जेसिजले अञ्जनबाबु खत्रीलाई उम्मेवार बनाउने निर्णय गरेकाे छ । गोरखा जेसिजले खत्रीलाई बर्ष २०२२ का लागि अध्यक्षमा अघि सारेकाे हाे ।

२०१६ मा जेसिजकाे राष्ट्रिय उपाध्यक्ष भइसकेका खत्रीलाई सर्वसम्मत रुपमा राष्ट्रिय अध्यक्ष चयन गर्ने गरी देशभर समन्वय थालिएकाे गोरखा जेसिजका अध्यक्ष प्रविन बस्नेतले बताए ।

खत्री जेसिजकाे २०१५ मा गोरखा शाखा अध्यक्ष, २०१६ मा राष्ट्रिय उपाध्यक्ष, २०१८ मा कानूनी सल्लाहकार भई हाल २०२१ मा राष्ट्रिय अध्यक्ष सल्लाहकार भुमिकामा रहेका छन् ।

सफल ब्यवसायीका रुपमा समेत परिचित खत्री देशभरका जेसिज युवाहरुमा सक्षम नेतृत्वकर्ताका रुपमा समेत चिनिन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार