काठमाडौं । बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।
नेकपा एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा मुख्यमन्त्री बनेको १३ दिनमै अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी हुन । १२ जना सांसदहरुले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि अष्टलक्ष्मी अल्पमतमा परेकी हुन्।
५५ जना सांसद रहेको सो प्रदेशका १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए ।
तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।
बागमतीमा शाक्यलाई हटाएर नेकपा एसले गरेको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले शाक्य आफ्नो पक्षमा नखुलेमा हटाउनुको विकल्प नरहेको बताएका छन्।