बागमती प्रदेशमा नेकपा एमालेका १२ जना सांसदहरुले माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।
नेकपा एमालेबाट प्रदेश सभा सदस्य भएका उनीहरुले पार्टी विभाजित भएसँगै मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडामा पुगेर १२ जना एमाले सांसदहरुले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन्।
प्रदेश सांसदहरु राजेन्द्र पाण्डे, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार कार्कीले नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्।
१२ जना सांसद एमाले छाडेर नेकपा एसमा लागेपछि अष्टलक्ष्मी शाक्यको सरकार स्पष्ट अल्पमतमा परेको छ। अल्पमतमा परेपछि उनले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ।