नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने भएको छ।
दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा आज सोमबार बसेको बैठकले दलको तेश्रो राष्ट्रिय महाधिवेशन आगामी कार्तिक २८–२९ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो।
महाधिवेशनमा २५०० प्रतिनिधिले प्रत्यक्ष वा अनलाइनको माध्यमबाट सहभागिता जनाउने बताइएको छ ।