• सोमबार, असोज १२ २०८३

नेता झलनाथ खनाल स्वदेश फिर्ता


सोमबार, भाद्र १४ २०७८
1K
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वेदश फर्किएका छन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर खनाल सोमबार नेपाल फर्किएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूले स्वागत गरेका थिए।

स्वास्थ्यमा समस्या भएपछि नेता खनाल गएको असार २ गते उपचारका लागि दिल्ली गएका थिए।

उनी भारतमै रहेको बेला नेकपा (एमाले) विभाजन भएको थियो। खनालले अस्पतालबाटै आफू नेपाल नेतृत्वको पक्षमा रहने भन्दै निर्वाचन आयोगमा सनाखत गराएका थिए ।

नेता खनालले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफूलाई मिर्गौला दिएर जीवन दान दिने छोरी मेलिना चित्रकारलगायत सबै शुभेच्छुकप्रति आभार प्रकट गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार