• शुक्रबार, असोज ९ २०८३

गगन थापाले गरे उम्मेदवारी घाेषणा, माहामन्त्रीमा उठ्ने


सोमबार, भाद्र १४ २०७८
710
Shares


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आज थापाले महामन्त्री पदमा उठ्ने औपचारिक रूपमा घोषणा गरेका हुन्।

थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए। उनी महामन्त्री शशांक कोइरालासँग पराजित भएका थिए।

कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार