गोरखा । नेपाली काँग्रेसको समन्वय विभाग गण्डकी प्रदेशको सदस्यमा गोरखाका तारा खड्का (जीवन) मनोनित भएका छन् ।
विभागीय प्रमुख एन. पि. साउदले खड्कालाई प्रदेशको समन्वय विभाग सदस्यमा मनोनित गरेका हुन् ।
पार्टी सुदृढिकरणका लागी महत्तवपूर्ण भूमिका निर्वाह गर्न समेत साउदले अनुरोध गरेका छन् । उनी काँग्रेसको गोरखा नगरपालिका नगर कार्यसमितीका सदस्य पनि हुन् ।
