• बिहिबार, साउन १४ २०८३

एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै मुख्यमन्त्रीको शपथग्रहण गराउने तयारी


बिहिबार, भाद्र १० २०७८
640
Shares


नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको शपथग्रहण गराउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज दिउँसो शपथग्रहण गर्ने अनौपचारिक जानकारी आएको पुष्टि गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार