काठमाडौं । नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।
आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेकाले सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा बैठक गरेका उनीहरू त्यहाँबाट सीधै आयोगको कार्यालय पुगेका हुन्।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत आवश्यक पर्छ ।