गोरखा । पेट्रोलियम पदार्थ तथा खाना पकाउने एल.पी. ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता लिनअनेरास्ववियू गोरखाले माग गरेको छ ।

संगठनका तर्फबाट संयोजक सुजन सिंखडले मंगलबार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पैडेललाई ध्यानार्कषण पत्र बुझाउँदै मूल्य वृद्धि फिर्ता लिन माग गरेको हो ।
दैनिक उपभोग्य बस्तुहरुमा निरन्तर मूल्यवृद्धि भइरहेको बेला पछिल्लो पटक पेट्रोलियम पदार्थमा गरिएको वृद्धिले जनता थप मारमा परेको जनाएको छ ।
यस्तै पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार विकास कर हटाउन र सुलभ मूल्यमा बिक्री गर्न समेत संगठनले आग्रह गरेको छ ।
नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ)मा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो ।
