• बुधबार, साउन १३ २०८३

क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दैै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना


मंगलबार, भाद्र ८ २०७८
690
Shares

काठमाडौँ — क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् ।

मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा पुगेर जिल्ला सभापतिहरूले नामावाली सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका हुन् । सदस्यतालाई पारदर्शी बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता र जिल्ला सभापतिहरुले सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै आएका छन् ।

जिल्ला सभापतिहरुले पटक पटक पार्टी नेतृत्वलाई नामावली सार्वजनिक गर्न माग गरे पनि वेवस्ता गरेको भन्दै आफूहरु बाध्य भएर धर्नामा बस्‍नु परेको जनाएका छन् ।

सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी कांग्रेसले अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार