काठमाडौँ — लुम्बीनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज सोमबारै विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयले दिउँसो कार्यसूची प्रकाशित गर्दै मुख्यमन्त्री केसीले विश्वासको मत लिने उल्लेख गरेको छ ।
कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।