• बुधबार, साउन १३ २०८३

सभामुख सापकोटालाइ धम्की दिएकोमा ५ दलको आपत्ति


सोमबार, भाद्र ७ २०७८
850
Shares

;efd'v ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f sf7df8f}F, !$ df3 M k|ltlglw;efsf] dËnaf/sf] a}7sdf gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f ub}{ . pxfF cl:t cfOtaf/ lglj{/f]w lgjf{lrt eO{ ;f]daf/ /fi6«klt ljBfb]jL e08f/Laf6 kb tyf uf]klgotfsf] zkyu|x0fkl5 kbef/ u|x0f ug'{ePsf] lyof] . t:jL/ M /Tg >]i7÷ /f;;

काठमान्डौं । नेकपा एमालेका १४ सांसदले सभामुख अग्निप्रसाद सापकोटामाथि गरिएको अभद्र व्यवहारप्रति नेपाली कांग्रेससहितको पाँच दलका सचेतकसहितका प्रतिनिधिहरूले ध्यानाकर्षण भएको जनाएका छन्।

आज सोमबार कांग्रेस सचेतक डा. पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका प्रतिनिधि प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता दुर्गा पौडेल र नेकपा एमाले माधव नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै एमालेका सांसदहरुले दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति जनाएका हुन्।

२०७८ भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका माननीय सदस्यहरुले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादाविपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा सम्माननीय सभामुखविरुद्ध दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक भएकोले उनीविरुद्ध धम्की दिइनु संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार