नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको वडा अधिवेशन सुरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी जुटाएको छ।
कांग्रेसले आगामी भदौ १८ गते े वडा अधिवेशन गर्ने भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज सोमबार बसेको पौडेल पक्षका नेताहरुले वडा अधिवेशन अगावै साझा उमेदवार तय गर्ने समझदारी गरेका हुन्।
आज भएको छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डाक्टर रामशरण महत, बलबहादुर केसी, सुजाता कोइराला र डाक्टर शेखर कोइराला लगायतका नेता सहभागी थिए।
क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्ने जिम्मेवारी केन्द्रीय समितिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिएको थियो। उनीहरूले आज साँझसम्म सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेका छन्।