• बुधबार, साउन १३ २०८३

चरित्र हत्या गर्न खाेजियाे, यसकाे भण्डाफाेर गर्छु : अध्यक्ष मल्ल


आइतबार, भाद्र ६ २०७८
1.3K
Shares

पाेखरा । आफ्नाे सामाजिक र राजनितिक जिवनलाई बर्बाद बनाउन केहि ब्यक्ति पछि लागेकाे पर्वत स्थित जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले बताएका छन् । एक दशकअघि साथीलाई सहयाेग गर्न साक्षी बसेकाे बिषयलाई लिएर षड्यन्त्रपूर्वक मुद्धा दायर गर्नु नियोजित रहेकाे उनले बताए ।

आफुले सामाजिक र राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको ईर्ष्या गर्ने केहि ब्यक्तिहरुले नियोजित रूपमा फसाउन खोजेको अध्यक्ष मल्लकाे आरोप छ । साक्षी बसेकाे बिषयलाई लिएर अदालतबाट पक्राउ पूर्जी जारी भएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूमाथी नियाेजित रुपमा षड्यन्त्र भएकाे बताए ।

नेपाली काँग्रेसका युवा नेता समेत रहेका मल्लले साथीभाईको सहयोगको लागि विश्वास गरेर साक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरेको, कास्की जिल्ला अदालतबाट गरिएको फैसला र वास्तविकता नबुझी केही अनलाइन सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारले आफूमाथि घोर अन्याय भएको समेत बताए ।

लेनदेनको विषयमा सत्संगत र साथीभाइहरुलाई अप्ठ्यारो परेको बेला साक्षी जमानी बस्ने कुरा पिता पुर्खाकै पालादेखि चलिआएको र आफूपनि १०/१२ बर्ष पहिले धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिको सदस्य भएको बेला बाग्लुङ जिल्ला निवासी राजेश बोहराले खरिद गरेको फोर्स कम्पनीको मिनी बसको साक्षी बसेको वताउँदै त्यही साक्षीको आधारमा आफूमाथि मुद्दा दर्ता हुनु घाेर निन्दनिय रहेकाे उनकाे भनाई छ ।

साक्षी बसेर गरेको लेनदेन व्यवहार यति लामो समयसम्म मिल्यो वा मिलेन भन्ने कुरा कुनै जानकारी नभएको र म पनि यो बीचमा विभिन्न सामाजिक तथा राजनीतिक कामको उल्झनले गर्दा त्यतापट्टि ध्यान दिन पनि नसकिएको उनले बताए ।

उनले आफूविरुद्ध परेको मुद्दाको बारे आफूलाई कुनै जानकारी समेत नभएको र एक्कासी अदालतकाे फैसला सुनेर आश्चर्यमा परेकाे पनि बताए । ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार मैले उक्त मुद्धाको प्रतिउत्तर समेत लगाउन पाइन, यो बिषयले मलाई निकै दुखित बनाएको छ ।’ मल्लले पत्रकार सम्मेलनमा भने ।

साक्षी बसेकाे बसको फाइनान्स नबिल बैंकले गरेको र बस पनि आफ्नाे नाममा नभइ हिमालयन इन्भेस्टमेन्ट नामक अटोमोबाइल कम्पनीकै नाममा रहेको उनले बताए ।
अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताउँदै २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जवानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैले तिरिदिएको बताए ।

मल्लले आफुमाथि अन्याय भएको भन्दै थप कानुनी अधिकार प्राप्तिका लागि कदम चाल्ने र आफु माथि षड्यन्त्र गर्न खोज्ने विरुद्ध हिसाब लिने बताए ।

नेपाली काँग्रेस पर्वतको कोषाध्यक्ष समेत रहेका उनि आगामी १४ औँ अधिवेशनमा सभापतीमा दावी गरेकाे दावेदार रहेकाे चर्चा समेत छ । सभापतिको दाबी गरिरहेकै सन्दर्भमा आफ्नै भित्रबाट अनर्गल कुराहरु खोतल्ने र आफुलाई राजनीतिक रुपमा अघि बढ्न नदिन षड्यन्त्र समेत भइरहेकाे दावी गरे । उनले षड्यन्त्रकाे भण्डाफाेर गर्दै सधै जनताकाे सेवामा लागि पर्ने समेत प्रतिवद्धता ब्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार