• बुधबार, साउन १३ २०८३

बाग्मती प्रदेश प्रमुख प्रसाई पदमुक्त


शुक्रबार, भाद्र ४ २०७८
735
Shares

काठमाडौं । बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेश प्रमुख प्रसाईलाई पदमुक्त गरेकी हुन् ।

सरकारले बाग्मतीमा यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिश गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार