काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र एमाले समाजवादीका अध्यक्ष माधव नेपालले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।
समाजवादी केन्द्रले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको माक्सर्वाद र समाजवाद’ अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सम्बोधन गर्ने भएका हुन्।
उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।