• शुक्रबार, असोज ९ २०८३

बागमतीमा डोरमणिले दिए राजीनामा, अष्टलक्ष्मी बने संसदीय दलको नेता


बुधबार, भाद्र २ २०७८
670
Shares


काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन्।

बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्।

एमाले स्रोतले शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बताएको छ।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्।

नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार