• बुधबार, साउन १३ २०८३

माधव समूहको नयाँ पार्टीको नाम एमाले समाजवादी, चुनाव चिन्ह ‘खुला किताब’


बुधबार, भाद्र २ २०७८
655
Shares


काठमाडौं । माधव नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ ।

यस्तै चुनाव चिन्ह ‘खुला किताब’ राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार